कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

गाईगोरुको आतङ्क / किसानहरुलाई सास्ती :

Facebook
Twitter
WhatsApp

कैलालीको टीकापुरमा छाडा छोडिएका गाईहरूले यतिखेर सास्ती दिईरहेका छन्। मकैबाली भित्र्याउने र धान पसाउने  बेलामा गाईवस्तुले खाइदिँदा किसानको मन कति दुख्ला?

बिज्ञापन

अन्नबाली सोत्तर पारिदिँदा कुन चाहिँ किसानको मन नरोला? यहाँका स्थानीयहरू यही समस्याबाट दिनप्रतिदिन हैरानी छन्। रातभर सुत्न पाएका छैंनन्।

टीकापुर बजारमा मात्रै हजारभन्दा बढी संख्यामा गाईगोरु अलपत्र  छन्। दिउँसोमा ठूलो संख्यामा  गाईहरू पुरानो एयरपोर्ट, हाटबजार, जमरा क्षेत्रमा चरिरहेका, बसीरहेका देखिन्छन् भने राति भएपछी अन्नबाली खान किसानको खेतबारीतिर पस्दछन्।

बिज्ञापन

यो वर्ष मात्रै होइन। छाडा चौपायाले टीकापुरमा दुई वर्ष अगाडि पनि ठूलो संख्यामा अन्नबाली खाएको थियो। गाई-वस्तुहरु खेती पाक्ने बेलामा कहाँबाट आइरहेका छन् भनेर यतिबेला जनचासो बढेको छ।

बिज्ञापन

गाईगोरुका कारण रातभर जाग्राम बस्नु परेको टीकापुर नगरपालिका वडा न.२  सीतापुर निवासी ५७ वर्षीय जंगबहादुर चौधरी लगायतका  स्थानीयहरुको गुनासो रहेको छ। चौधरीले भने, मेरा मात्रै होइन, गाउँले सबैका अलि-अलि गरेर फस्टाउन लागेको धानबाली खाइदिएको छ। मैले अधियाँमा गरेको ३-४ कट्ठा धानबाली  पनि गाइगोरुले खाइदिएको छ। कहिले कस्को  कुन बेला आएर खाइदिन्छ पत्तै हुन्न।

सीतापुर निवासी ६८ वर्षीया रंगादेवी जैशीको पनि आफ्नो घरवरीपरी रहेको २ कठ्ठा  जमिनमा लगाएको धानबाली गाइगोरुले खाइदिएको गुनासो छ। त्यस्तै, आफ्नो बारीको हेरचाहको लागि रातभर जाग्राम बस्नु परेको ७९ बर्षीय जमुनादेवी जोशी  बताउँछिन्।

टीकापुरमा  सामुदायिक पशु चौपाया व्यवस्थापन समितिले साढ़े ३ विघा जमिनको क्षेत्रफलमा गौशाला निर्माण गरेतापनि न्यायोचित तरिकाले गाईगोरुको व्यवस्थापन हुन सकिरहेको छैन।  उक्त गौशालामा ५०० भन्दा बढी संख्यामा गाईगोरु रहेका छन्। टीकापुर नगरपालिकाले ४ जना गोठालालाई गाईगोरुको हेरचाहको लागि भनेर प्रतिव्यक्ति मासिक १५ हजार दिएर राखेको छ। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0