कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

गायिका मृत्यु प्रकरण : बुबा ले दिए सूर्य भन्ने खिलबहादुर श्रेष्ठ विरुद्ध किटानी जाहेरी

Facebook
Twitter
WhatsApp

नेपालटारस्थित आफ्नै कोठामा मृत भेटिएकी गायिका दिलमाया सुनारको हत्या भएको आरोप लगाउँदै बुबा केसर विकले प्रहरीमा किटानी जाहेरी दिनुभएको छ ।

बिज्ञापन

घटनालगत्तै पक्राउ परेका काभ्रेपलाञ्चोकका सूर्य भन्ने खिलबहादुर श्रेष्ठविरुद्ध विकले बालाजु प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । किटानी जाहेरीसँगै ज्यानसम्बन्धी कसूरमा श्रेष्ठमाथि अनुसन्धान भइरहेको र आजै म्याद थपको तयारी रहेको जनाइएको छ । श्रेष्ठलाई आइतबार प्रहरीले पक्राउ गरेको थियो ।

गायिका सुनार शनिबार आफ्नै कोठामा मृत भेटिएकी थिइन् । घटनास्थलमा मोबाइल फेला नपरेको र उनको सलसमेत समेत घटनास्थलभन्दा बाहिर फेला परेकाले कर्तव्य गरी मरिएको आशङ्कामा प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

बिज्ञापन

पक्राउ परेका श्रेष्ठ उनका प्रेमी रहेको बुझिएको छ । शव परीक्षण प्रतिवेदन आएपछि घटनाको वास्तविक कारण खुल्ने भन्दै प्रहरीले अहिलेसम्म केही भन्न नसकिने जनाएको छ । घटना हुनु अघिल्लो दिन गायिका सुनारको फेसबुक स्टेटस सार्वजनिक भएको थियो ।

बिज्ञापन

त्यसमा उनले कुनै पनि बेला जे पनि हुनसक्ने र घटनामा कसैलाई दोष नदिन अनुरोध गरिएको थियो । उक्त स्टेटस दबाबमा लेखिएको आशङ्का गरिएको छ । प्रहरी स्रोतका अनुसार श्रेष्ठले त्यसदिन उनको कोठामा गएको स्वीकारे पनि हत्या आरोप अस्वीकार गरेका छन् ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0