कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

गृहमन्त्री खाँण बालकोटमा ओली भेटेर फर्किए

गृहमन्त्री बालकृष्ण खाणले एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गृहमन्त्री खाँण  र अध्यक्ष ओलीबीच एमसीसी अनुमोदन र संसदको अवरोध हटाउनेबारे कुराकानी भएको ओलीको नीजि सचिवालयले जनाएको छ ।

बिज्ञापन

गृहमन्त्री खाँण बुधबार बिहान बालकोट आएर एमसीसीमा सहयोग गर्न अध्यक्ष ओलीसँग आग्रह गरेको ओलीको नीजि सचिवालय सदस्य रामशरण बजगाइँले जानकारी दिए । 

त्यसक्रममा अध्यक्ष ओलीले एमालेले कारवाही गरेका १४ सांसदको सूचना टाँस नगरेसम्म एमालेले कुनैपनि संसदीय प्रक्रियामा सहभागिता नजनाउने जवाफ दिएका थिए ।

बिज्ञापन
No data was found

मंगलबार बेलुका अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग एमसीसीबारे छलफल गरेका थिए ।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0