कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

गेटा मेडिकल कलेजको भवनमा संक्रमितको उपचार सुरु

Facebook
Twitter
WhatsApp

कैलालीको गेटा मेडिकल कलेजको भवनमा सञ्चालनमा आएको कोभिड १९ केयर सेन्टरले आफ्नो सेवा सुरु गरेको छ। आइतबारदेखि सञ्चालनमा आएको कोभिड केयर सेन्टरले सोमबारदेखि बिरामी भर्ना गरी उपचार थालेको हो।

बिज्ञापन

५० शय्याको सो कोभिड केयर सेन्टरमा सोमबार एक जना कोभिडका बिरामीलाई भर्ना गरी उपचार थालिएको बताइएको छ। कोभिड केयर सेन्टरका कार्यसम्पादन उपसमितिका सदस्य समेत रहेका चिकित्सक विष्णु जोशीले केयर सेन्टरमा गोदावरी नगरपालिका वडा नं. १ की ७० वर्षीया महिलाको उपचार भइरहेको जानकारी दिए।

लक्षणसहित भर्ना भएकी उनलाई अक्सिजन सहायतामा राखिएको जोशीले जानकारी दिए। उनले दिनेशखबरसँग भने, “अहिले एक जना मात्रै बिरामी उपचाररत भएपनि बिरामीहरु सम्पर्कमा आउने क्रम जारी छ।

बिज्ञापन

मी सेवामा तत्पर छौ।” हाल सो केयर सेन्टरमा १२ जना स्वास्थ्यकर्मीहरुको टोली सिफ्ट अनुसार खटिएको छ। यस्तै, केयर सेन्टरले फिभर क्लिनिक सेवाको तयारी पनि सुरु गरेको छ। केयर सेन्टरमा कोभिडका मात्रै बिरामी भर्ना गरिने बताउँदै जोशीले आउने बिरामीको सुरुमा सो फिभर (ज्वरो) क्लिनिकमा जाँच गर्ने र कोभिड छ÷छैन यकिन गरेर मात्रै भर्ना गरिने जनाए।

बिज्ञापन

त्यस्तै, गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले आवश्यक जनशक्ति, अक्सिजन, उपकरणलगायतको तयारी भएको र थप सेवाको लागि व्यवस्थापन जारी रहेको बताए।

प्रवक्ता शर्माले आईसीयूमा राखिने प्रकृतिका बिरामीलाई भने सेती प्रादेशिक अस्पतालमा रेफर गरिने जनाए। जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मातहत रहने गरि सुदूरपश्चिम प्रदेश सरकार, धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिकाको सहकार्यमा सो कोभिड केयर सेन्टर सञ्चालनमा आएको हो।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0