कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

गो अहेड युथ क्लब द्वारा प्रतापपुरमा सरसफाइ “भिडियो सहित”

लम्की : कैलाली को लम्किचुहा नगरपालिका वार्ड न ९ मा रहेको गो अहेड युथ क्लब ले सोमबार प्रतापपुरमा सरसफाइ गरेको छ |

बिज्ञापन


सफा गरौ स्वस्थ बनौ भन्ने मूल नारा का साथ आयोजना गरिएको सरसफाइ अभियानलाई एकलघरुवा चौराह हुदै प्रतापपुर बजार सम्म सरसफाई गरिएको थियो |


उनीहरुले, एकलघरुवा, प्रतापपुर बजार, प्रतापपुर को खेलमैदान, वार्ड कार्यलय को बाहिरी क्षेत्र हुदै आसपासका क्षेत्रमा सरसफाई गरेका हुन् |
सरसफाई गर्ने क्रममा वार्ड न ९ को मूल गेटमा रहेको झुत्रो नेपालको झन्डा समेत उक्त क्लबले परिवर्तन गर्दै नयाँ झन्डा स्थापना गरेको छ |

बिज्ञापन
No data was found


एक कार्यक्रमका बीच संचालनमा गरिएको उक्त अभियानमा प्रमुख अतिथी वार्ड नं ९ का अध्यक्ष राम प्रसाद चौधरी, बिशिस्ट अतिथी पदम राज तिमिल्सिना र अतिथीहरुमा केशब शाही, शंकर राज शर्मा, बिष्णु न्यौपाने, पदम बिष्ट ,रबिन्द्र न्यौपाने, मिथु बोहरा र जय बहादुर महतरा रहनुभएका थिए |

बिज्ञापन
No data was found


उक्त कार्यक्रम को संचालन झनक राज खनालले गर्नुभएको हामीलाई क्लब का अध्यक्ष नृप बहादुर बिस्ट ले जानकारी गराउनुभएको हो |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0