कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

गौतमबुद्ध विमानस्थलमा राखिदै २ अर्ब ५० करोडको बुद्धमूर्ति

Facebook
Twitter
WhatsApp

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न दुई करोड १६ लाख अमेरिकी डलर मूल्यको बुद्धमूर्ति भैरहवा ल्याइएको छ।

बिज्ञापन

बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनाइएको उक्त बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइएको हो।उक्त मूर्ति बिहीबार नै भैरहवा भन्सार परिसरमा ल्याइपुर्‍याइ पनि शुक्रबारमात्रै भन्सार प्रक्रिया पूरा भएको हो।

लुम्बिनी गार्डेन फाउण्डेसनमार्फत् म्यान्मार सरकारले नेपाल सरकारलाई उक्त मूर्ति उपलब्ध गराएको फाउण्डेसनका सचिव तुल्सीराम लामिछानेले जानकारी दिए।

बिज्ञापन

‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर भएकोले मूर्ति बनाउँदा साढे दुई अर्ब मूल्य पर्ने भए पनि उक्त मूर्ति म्यान्मारका खानी उद्योगीले उपलब्ध गराएकोले फाउण्डेसन र नेपाल सरकार कसैको पनि नगद लगानी नभएको लामिछानेले स्पष्ट पारे।

बिज्ञापन

‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर हो, हङकङमै पनि १ ग्राम ‘ह्वाइट जेड स्टोन’ को १२ अमेरिकी डलर मूल्य पर्छ | म्यान्मारका भिक्षुहरूले ६ महिना लगाएर कुदेको उक्त मूर्ति करिब दुई अर्ब ५० करोड नेपाली रुपैयाँ मूल्यको रहेको फाउण्डेसनका महासचिवले बताए।

महासचिवका अनुसार मूर्ति ल्याउँदा लागेको १२ हजार अमेरिकी डलर ढुवानी खर्च फाउण्डेसनले बेहोरेको छ भने नेपाल सरकारले भन्सार शुल्क छुट दिएको छ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0