कैलालीमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको छ। जिल्लाको घोडाघोडी नगरपालिका-८ की ३२ वर्षीया मालती विकको घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी भएको हो ।
विजुलीको तार सर्ट भई ग्यास सिलिण्डर पनि पड्किएको प्रहरीले जनाएको छ । बुधबार राति भएको आगलागीबाट विकको खरले छाएको २ कोठे कच्ची घरसहित कुखुराको खोर र एक किराना पसल जलेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।
आगलागीबाट २० लाखको क्षति भएको बताइएको छ । आगलागी प्रहरी र दमकलको सहायताले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
+1
+1
+1
+1
+1
+1