कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

ग्रामीण क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्यो

नुवाकोटको अर्चलेमा दुई साता अघि  गाउँभरि रुघाखोकी र ज्वरोका बिरामी भेटिएपछि २५ जनामा एन्टिजेन परीक्षण गरिएको थियो । जसमध्ये १८ जनामा संक्रमण पुष्टि भएको थियो ।

बिज्ञापन

यसैगरी भोजपुरको टेम्के मैयुङ गाउँपालिकाको विभिन्न वडामा पनि रुघाखोकी र ज्वरोका बिरामी भेटिए । उनीहरु मध्ये केहीको परीक्षण गर्दा ८ जनामा संक्रमण देखियो । दोलखा अस्पतालमा परीक्षण गर्दा ६० प्रतिशतभन्दा बढीमा संक्रमण देखिएको गाउँपालिकाले जनाएको छ ।

देशका मुख्य सहरहरुमा कोरोना संक्रमितको संख्या घट्दै जाँदा विभिन्न जिल्लाका ग्रामीण क्षेत्रमा भने संक्रमण बढिरहेको छ । अधिकांश ग्रामीण क्षेत्रमा रुघाखोकी, ज्वरो, टाउको दुख्ने, शरीर दुख्ने लक्षण भएका बिरामीहरु बढिरहेको सम्बन्धित क्षेत्रका स्वास्थ्यकर्मीहरु बताउँछन् । तर पर्याप्त मात्रामा परीक्षण हुन नसक्दा र स्थानीयले परीक्षण गर्न नमान्दा संक्रमणले भयावह स्थिति ल्याउन सक्ने जनस्वास्थ्यविद्हरु बताउँछन् ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0