कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

घरमै बाबुको शव :  परीक्षा छोडिनन् नतिजा आउँदा छोरीलाई सबैले गरे सलाम !

महाराष्ट्रको वाशिम जिल्लाकी एक छोरीले कक्षा १२ मा ९० प्रतिशत अंक ल्याएर ठूलो सफलता हासिल गरिन् ।

बिज्ञापन

उनको अङ्ग्रेजी पेपरको परीक्षाकै दिन बुबाको निधन भएको थियो । बुबाको घरमा लास रहेकै बेला उनले परीक्षा दिन निधो गरिन् ।उनको परीक्षा सकिएपछि मात्र अन्तिम संस्कारमा लैजाने छिमेकीहरुलेपनि सहजता दिलाए ।

किनकी त्यो कक्षा १२ को अन्तिम परीक्षा थियो । अहिले उक्त नतिजा आएको छ । उनको साहसलाई सबैले सलाम गरेका छन् ।उनले सबै परीक्षामा ९० प्रतिशत अंक ल्याएर क्याम्पस र जिल्ला टप गरेकी छिन् । यति हुँदाहुँदै पनि उनी परीक्षा दिन गएर परीक्षापछि बुवाको अन्तिम संस्कार गरिन् ।

बिज्ञापन

वाशिम जिल्लाको वडजी गाउँका रामेश्वर शेषराव बोरकर अस्थायी क्लर्कको रूपमा काम गर्थे। ब्रेन हेमरेजका कारण चैत ४ गते बिहान उनको निधन भएको थियो ।त्यही दिन उनकी छोरीको १२ कक्षाको पहिलो पेपर थियो । यस्तो अवस्थामा बाबुको शव घरमै परेको थियो । त्यहाँ सान्त्वना दिनेहरूको भीड थियो र छोरी साक्षीमाथि असह्य पीडा थियो।

बिज्ञापन

यति हुँदाहुँदै पनि साक्षीले आमा र आफन्तलाई पेपर दिने बताएकी थिइन् । बुवाको शव घरमा भए पनि साक्षी अंग्रेजीको पेपर दिन गइन् । पेपर हल गरेपछि बुवाको दाहसंस्कार गरियो ।

अब १२ को नतिजा आएको छ, जसमा साक्षीले ९० प्रतिशत अंक ल्याइन् । उनले अंग्रेजी विषयमा ७९ अंक ल्याएकी छन् । साक्षीको नतिजा देखेर परिवारका सबै सदस्यका आँखा आँसुले भरिए ।वरपरका मानिसहरूले पनि साक्षीको धेरै प्रशंसा गरेका छन्। नतिजाबाट खुशी भएकी साक्षी बोरकरले भनिन्, ‘आज मेरो बुवा जहाँ भए पनि आफू र मप्रति गर्व महसुस गरिरहनुभएको पक्कै छ । बुबाले देखेको सपना साकार गर्न थप मेहनत गर्नेछु ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0