कैलालीको घोडाघोडी ताल परिसरमा करिब सात करोड रुपैयाँ लगानीमा धर्मशाला बन्ने भएको छ । धार्मिक पर्यटकीय विकासमा सहयोग पुर्याउने उद्देश्यले ठूलो लगानीमा धर्मशाला निर्माण गर्ने तयारी गरिदैंछ । डीपीआरसमेत धर्मशालाका तयार पारिएको छ ।
धर्मशाला बनेपछि घोडाघोडी घुमफिर गर्न आउनेलाई आवासको लागि एकदमै सहज हुने भएकाले स्थानीयको माग अनुसार धर्मशाला बनाउने तयारी गरिएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सचिव लक्ष्मीप्रसाद भट्टराईले जनाएको छ । उनले समितिले एक वर्षदेखि धर्मशाला निर्माणका लागि पहल गर्दै आएको बताएका छन् ।

गतवर्ष समितिका पदाधिकारीले, धर्मशाला निर्माणका लागि सदस्यबाट तीन लाख रुपैयाँ उठाएर डीपीयार तयार पारिएको थियो । तेस्तै, प्रदेश सरकारको २० लाख रुपैयाँ अनुदान सहयोगमा पाँच कोठा सटर निर्माण गरिएको छ ।
राष्ट्रिय योजना आयोगको अनुदान धर्मशाला निर्माणका लागि भने ६ करोड ६३ लाख रुपैयाँ सहयोग परेको बताएको छ ।