लम्की : कैलालीलो टीकापुरमा चक्कु प्रहारबाट एक युवकको हत्या भएको छ। लम्कीका २२ बर्षिय भुपेन्द्र बडुवालको मंगलबार करिब ९ बजे चक्कु प्रहारबाट मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।
चक्कु प्रहार गर्ने व्यक्ति फरार रहेको र उनको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनु भयो ।
दुई समूहबीच झडप हुँदा घटना घटेको बताइएको छ। टीकापुरको सिद्दार्थ होटेल नजिक झडप भएको प्रहरीले जनाएको छ।
यसै घटनालाई लिएर पीडितको न्यायको लागि अहिले लम्की क्षेत्रको पूर्वपश्चिम राजमार्ग अबरुद्ध गरिएको छ |
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
+1
+1
+1
+1
+1
+1