कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

चाडपर्व नजिकिएसँगै प्रहरी सकृयता

Facebook
Twitter
WhatsApp

चाडपर्व नजिकिएसँगै प्रहरी सकृयता पनि बढेको छ । काठमाडौमा सर्वसाधारणको चहल पहल छ भने सवारी साधन पनि भरीभराउ छन् । दशैं तिहार छड लगायतका हिन्दुहरुले मान्ने ठूला चाड पर्व नजिकीएका कारण काठमाडौमा बसेकाहरु घर फर्कन थालेका छन् । विदेशमा रहेका नेपालीहरु पनि घर फर्किएका कारण विमानस्थलमा पनि अत्याधिक चाप छ ।

बिज्ञापन

प्रहरीले चाडपर्वको समयमा हुन सक्ने गैरकानुनी काममा नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित सचेतना पर्चा जारी गर्दै प्रहरीले यो समय चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

बिज्ञापन

यस्तै, कुनै पनि टोलमा असामान्य व्यक्ति पटक(पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0