कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

चार दिनभित्र चार सयभन्दा बढी पराकम्पन : भूकम्प र परकम्पको जोखिम कायमै

गएको मङ्गलवार राति डोटीमा भूकम्प गएपछि सुदूरपश्चिम प्रदेशमा लगातारजसो परकम्प गइरहेको छ । मङ्गलवार राति डोटीमा तीन पटक भूूकम्प गएको थियो ।

बिज्ञापन

राति ९ बजेर ७ मिनेटमा ५ दशमलव ७ रेक्टर स्केलको, ९ बजेर ५६ मिनेटमा ४ दशमलव १ र राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएपछि अहिलेसम्म चारसय वटाभन्दा बढी परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनुभयो।

शनिवार हिजो बेलुकी मात्रै बझाङमा ५ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो ।भट्टराईका अनुसार नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्रमा पर्छ । त्यसमा पनि पश्चिमी क्षेत्रमा लामो समयदेखि ठूलो भूकम्प नगएकाले जोखिम धेरै छ । विक्रम सम्वत् १५०५ सालमा पश्चिमी क्षेत्रमा ठूलो भूकम्प गएको विभिन्न अध्ययनले देखाएका छन् ।

बिज्ञापन

तर, त्यतिबेला मापन सुरु भइनसकेकाले कति रेक्टर स्केलको भूकम्प गएको थियो भन्ने यकिन भने छैन । त्यसपछि पश्चिमी क्षेत्रमा ठूलो भूकम्प नगएकाले पनि त्यहाँ भूकम्पीय जोखिम धेरै रहेको हुन सक्ने भूकम्पविद् भट्टराईले बताउनुभयो । विभिन्न अध्ययन अनुसन्धानले पनि पश्चिमी क्षेत्रमा ठूलो भूकम्पको सम्भावना रहेको देखाएकाले सचेत हुनु पर्नेमा उहाँको जोड छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0