कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

चिसापानी घुम्ने पर्यटकको घुइँचो

Facebook
Twitter
WhatsApp

कैलालीको लम्की चुहा नगरपालिका ३ को पर्यटकीय स्थल चिसापानीमा पर्यटकको घुइँचो लागने गरेको छ ।

बिज्ञापन

बिहीवार नयाँ वर्षको अवसरमा कर्णाली–चिसापानी पुलमा पर्यटकको भीडभाड बढेको हो। 

कर्णाली नदीमा रहेको कर्णाली पुलको अवलोकन गर्ने र नयाँ वर्षलाई विशेष रुपमा मनाउन विभिन्न क्षेत्रबाट पर्यटकहरु त्यहाँ पुगेका छन्। सोही कारण चिसापानी बजार र कर्णाली पुलमा आन्तरिक पर्यटकले भरिभराउ रहेको छ।

बिज्ञापन

कर्णाली पुलको अवलोकन गर्न, माछाका परिकारको स्वाद लिन, घुम्न र पिकनिकका लागि पर्यटकहरु चिसापानीमा पुग्ने गरेका छन्। ती कुराको मजा लिन धनगढी, टीकापुर, महेन्द्रनगर, लम्की, नेपालगञ्ज, सुर्खेत लगायतका जिल्लाबाट आन्तरिक पर्यटक चिसापानीमा पुग्ने गरेका छन्।
 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0