कैलालीको कर्णाली चिसापानी पुलबाट हाम फालेर एक किशोर बेपत्ता भएका छन।
जिल्लाको लम्किचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षिय सञ्जय खड्का कर्णाली नदीमा बेपत्ता भएका हुन्। उनले शनिबार दिउसो कर्णाली पुलबाट हाम फालेका कैलाली प्रहरीले बताएको छ। उनकाे खाेजी कार्य जारी छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार १८ वर्षिय लोकेश प्याकुरेल घाइते भएका छन्। लम्किचुहा नगरपालिका वडा नम्बर १ का प्याकुरेललाई नेपालगञ्ज उपचारका लागि लगिएको छ। उनको छातीमा चोट लागेको छ। उनीहरुसंगै नदीमा हाम फालेका १७ वर्षिय बिरेन्द्र सिँह भने सकुसल छन्।
बिज्ञापन
No data was found
उनीहरु सबै एकै विद्यालयका कक्षा १० का विद्यार्थी हुन्। शनिबार ८ जनाको समूहमा चिसापानी गएका प्रहरीले बताएको छ। चिसापानीमा टिक्टक बनाउनेहरुको भिड दैनिक हुने गरेको छ। तर उनीहरुले भने भिडियो नबनाएका प्रहरीले बताएको छ।
बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0