जाडोको मौसम शुरु भएको छ । जाडोमा मान्छेको छाला सुख्खा हुने भएकाले यो मौसममा धेरै ख्याल गर्नुपर्ने हुन्छ । बजारमा धेरैथरी सौन्दर्यका सामानहरु पाइन्छन् । तर यसको प्रयोगमा के–के ध्यान दिने र कसरी प्रयोग गर्ने ? भन्ने विषयमा स्टेला ब्राण्डका निर्देशक प्रदीप चावडासँग हामीले कुराकानी गरेका छौं ।
चिसोको मौसममा हाम्रो छालालाई कसरी सुरक्षित गर्ने ?
![](https://diamondonlinevision.com/wp-content/uploads/2021/08/ads-for-khali-bigyapan.gif)
अहिले जाडोको मौसम बढ्दै छ । बजारमा पाइने सौन्दर्य प्रशाधनमध्ये पनि मोइस्चराइजर बढी बिक्री हुने गरेको छ । चिसो मौसममा मान्छेको छाला धेरै सुख्खा हुने भएकोले त्यसबाट बच्न यस्ता प्रशाधन बढी प्रयोग गर्ने गरेको पाइन्छ ।
जाडोमा कतिपयले सन प्रोटेक्सन क्रिम लगाउँदैनन् । तर, यतिबेला पनि घामको विकिरण र अन्य विकिरणले असर गर्न सक्ने भएकोले सन प्रोटेक्सन क्रिम लगाउन छाड्नु हुँदैन । हामी धेरैबेर मोबाइल वा कम्युटरको स्क्रिन अगाडि बस्छौं । यसले गर्दा हाम्रो छाला सुख्खा भइरहेको हुन सक्छ । त्यसैले जाडोमा सिधा घामको विकिरणले भेटेको छैन भन्दैमा सन प्रोटेक्सन लगाउन छाड्नु हुँदैन ।