कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

चुनावपछि बैंकमा १३ अर्ब रुपैयाँ फर्कियो

Facebook
Twitter
WhatsApp

स्थानीय निर्वाचन सम्पन्न भएसँगै बैंकमा धमाधम पैसा फर्किन थालेको छ ।

बिज्ञापन

जेठ १ गतेयता २७ वटा वाणिज्य बैंकहरुको निक्षेप १३ अर्ब रुपैयाँले बढेको हो । नेपाल बैंकर्स संघले दिएको पछिल्लो रिपोर्ट अनुसार जेठ ६ गतेदेखि १३ गतेसम्ममा बैंकहरुको निक्षेप थप ६ अर्बले बढ्दै ४३ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।

यस्तो निक्षेप अघिल्लो हप्ता अर्थात जेठ १ गतेदेखि ६ गतेसम्ममा ७ अर्ब रुपैयाँले बढेको थियोयता निक्षेप बढेसँगै बैंकहरुले कर्ता लगानी समेत बढाएका छन् । संघको रिपोर्ट अनुसार पछिल्लो हप्ता अर्थात जेठ ६ गतेदेखि १३ गतेसम्म २७ वटा वाणिज्य बैंकहरुले ४ अर्बले कर्जा बढाउँदै कुल ४१ खर्ब ९८ अर्ब लगानी गरेका छन् । 

बिज्ञापन

यस्तो लगानी अघिल्लो हप्ता अर्थात् जेठ १ गतेदेखि ६ गतेसम्ममा ३ अर्ब रुपैयाँले बढाउँदै बैंकहरुले कुल ४१ खर्ब ९४ अर्ब रुपैयाँ लगानी गरेका थिए । 
 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0