कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

लम्कीचुहाको बजारक्षेत्रमा पशुचौपायाको बिगबिगी, हिडडुलमै सास्ती

लम्की : बजार क्षेत्रका सडक हुन् कि गौशाला? छुटाउन नसकिने एकजना सवारी चालकले हामीलाई भन्नुभयो |

बिज्ञापन

हुनपनि लम्कीचुहाका बजार क्षेत्र मा फेरि छाडा पशुचौपाय को जगजगी बढेको छ । घरपालुवा गाई तथा पशुबस्तु नगर क्षेत्रका बिभिन्न चोक र बजारक्षेत्रमा छाडा गाई बस्तु का कारण दिनहु दुर्घटना हुने गरेको देखिन्छ ।

साँगुरो सडकमा छाडा गाईको पछि लाग्ने साँढे ढसमस्स बसिदिँदा सामान्य हिँडडुलमै समस्या परेको पैदलयात्री बताउँछन् । प्रत्येक दिन यहाँका गाई बस्तु धेरै जसो रोड़मै देखिन्छन | आसपास को बस्तीक्षेत्रमा गएका छाडा गाई बस्तु लखेटेर भएपनि बजारमै पुर्याउने हुदा त झनै कठिन बनेको छ ।

बिज्ञापन
No data was found

चोक र बजार परिसरमा खुला विचरण गर्ने पशुबस्तुका कारण पैदल यात्रु सबैभन्दा बढी मर्कामा पर्ने गरेका छन् । जिल्लाको लम्कीचुहा 6 गुलरा मा त झन् बिगबिगी नै छ |

बिज्ञापन
No data was found
गुलराको चोकैमा आराम गर्दै छाडा पशुचौपाया : तस्बिर: निर्मला भण्डारी

गाई बस्तु रोडमै आराम गरिरहेका, पसलका बिक्रिगर्ने समान लम्पसार रोडसम्मै फिजाएका र निर्माण का सामाग्रीले पिचछुन मात्र बाकी छ | यस क्षेत्रमा बढी दुर्घटना हुनुको एक कारण यो पनी रहेको एकजना स्थानीय व्यापारीले भन्नुभयो | सुरुमा तछाड मछाड गर्दै हाम्रो टहरा भत्काय अहिले जे गरेनी हुने रहेछ भन्दै सोहि व्यापारीले दुखेसो पोखेका छन् । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0