कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

जग्गाको पुर्जा नहुँदा हात्तीको आक्रमणमा पर्दा समेत राज्यबाट पाएनन् क्षतिपूर्ति

Facebook
Twitter
WhatsApp

लम्की : कञ्चनपुरको दोधारा चादँनी नगरपालिका-३ मा रहेको सीमा बस्ती बडुवाल टोलमा जङ्गली हात्तीले जनधनको क्षति गर्न थालेको एक दशक वितिसक्यो।

बिज्ञापन

नेपाल-भारत सीमाक्षेत्रमा भूमिको रक्षाका लागि वि.सं.२०२४ देखि बडुवाल टोलमा बसोबास गर्दै आएका स्थानीय पछिल्लो एक दशकदेखि जङ्गली हात्तीको त्रासदीले रातभर जाग्राम बस्नुपर्ने बाध्यतामा छन् ।“पारी भारतीय जङ्गलबाट हात्ती आएर गाउँमा क्षति गर्न थालेको एक दशकभन्दा बढी समय भइसक्यो”, दोधारा चादँनी नगरपालिका-१ का वडाध्यक्ष हरिसिंह धनाडीले भने, “अहिलेसम्म हात्तीलाई गाउँ पस्नबाट रोक्न कुनै दीर्घकालीन समाधानका उपाय खोज्न सकेका छैनौँ ।”

उनका अनुसार पछिल्लो एक महिनामा मात्रै हात्तीले चार स्थानीयवासीका घर भत्काएका छन् भने धेरै धानबालीमा क्षति पुर्याएको छ। जोगबुढा नदी पारीमा बडुवाल टोलमा तीन सय परिवारको बसोबास छ ।

बिज्ञापन

यहाँ दशकौँदेखि बसोबास रहे पनि स्थानीयले जग्गाको पुर्जा नपाउँदा हात्तीको आक्रमणमा परी ज्यान गुमाउँदा पनि राज्यबाट क्षतिपूर्ति पाउन सकेका छैनन् ।

बिज्ञापन

“यसअघि हात्तीको आक्रमणबाट स्थानीयवासीले ज्यान गुमाउँदा क्षतिपूर्तिका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जाँदा जग्गाको पुर्जा मागे”, वडाध्यक्ष धनाडीले भने, “वि.सं.२०२४ देखि सीमामा दुः खसुख गरेर बस्ने नागरिकले जमिनको पुर्जासम्म नपाउनु असह्य पीडाको विषय हो ।”

भौगोलिकरुपले विकट रहेको उक्त बस्तीमा धान र गहुँखेतीका बेला हात्तीले क्षति गर्न थालेपछि सशस्त्र प्रहरीको बेस क्याम्पसमेत राखिएको उनले बताए। “वडाबाट पनि हात्ती धपाउन हामीले गाउँमा टर्च, साइरन र बत्तीको व्यवस्था गरेका छौँ”, धनाडीले भन्नुभयो,“गाउँ पस्न पल्किसकेका हात्तीले नछोड्ने रहेछन्।” उनले भारतबाट आउने जङ्गली हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा करेन्टसहितको तारजालीको सुरुवात गरिएको भन्दै त्यो पूर्णरुपमा कार्यान्वयनमा नआएको बताए। “यो समयमा यहाँका टोलवासीले राति सुत्न पाउँदैनन्”, उनले भने, “यो समस्या समाधानका लागि प्रदेश सरकारसँग सहयोग मागेका छौँ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0