कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस

Facebook
Twitter
WhatsApp

नेपालगञ्जका लागी उडेको बुद्ध एअरको जहाज आकाशमा होल्ड हुँदा एक यात्रु बेहोस भएका छन् । मौसम खराब हुँदा बिहान झण्डै आधा घण्टा जहाज नेपालगञ्जको आकाशमा होल्ड भएको थियो ।

बिज्ञापन

काठमाण्डौ महानगरपालिका वडा नम्वर–२३ की ५३ वर्षीया जानुका थापा आत्तिएर बहोस भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । आत्तिएर बेहोस हुनुभएकी उहाँलाई तत्काल नेपाली सेनाको अस्पतालमा लगिएको थियो । अहिले थापाको आवस्था सामान्य छ ।

बिहान काठमाण्डौबाट ८ बजे उडान भरेको बुद्ध एअरको जहाज ८ बजेर ५५ मिनेटसम्म अवतरण गर्नुपर्नेमा भिजिबिलिटी कम हुँदा ९ बजेर २५ मिनेटमा अवतरण भएको थियो ।

बिज्ञापन

मौसमको खराबीका कारण जहाजलाई आकाशमा होल्ड गराउनु सामान्य भए पनि यात्रु आत्तिएको बुद्ध एअर नेपालगञ्जले जनाएको छ ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0