कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

जिल्ला प्रशासनबाटै नागरिकतामा नाम,जात र उमेर फरक फरक भएकाहरूले मात्र च्याउन पाइने

जिल्ला प्रशासन कार्यालयबाट उमेर नाम र जात सच्याउन पाइने भएको छ। उमेर, नाम र थर सच्याउन पाइने भएपछि नागरिकता र प्रमाणपत्रमा व्यक्तिको एकै किसिमको विवरण हुने भएको छ।

बिज्ञापन

कतिपयको नागरिकता र प्रमाणपत्र फरकफरक उमेर, नाम र थर हुँदा भोग्नुपरेको समस्या हल हुने भएको छ। नागरिकता र प्रमाणपत्र फरक परेको उमेर, नाम र थर सच्याउन प्रमाणपत्र पाएको मितिले पाँच वर्षभित्र निवेदन दिनुपर्ने जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उमेर, नाम र जात सच्याउने नियमहरू, २०१७ अनुसार नागरिकता र प्रमाणपत्रमा फरकफरक जन्म मिति, नाम वा जात भएकाहरूले जन्म मिति, नाम र जात सच्याउन पाइने भएको हो। कुनै पनि व्यक्तिले हासिल गरेको शैक्षिक प्रमाणपत्र र नागरिकतामा उमेर नाम र जात सच्याउन चाहेमा प्रमुख जिल्ला अधिकारी समक्ष निवेदन दिनुपर्नेछ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0