कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

जीप दुर्घटना हुँदा चार जनाको मृत्यु

Facebook
Twitter
WhatsApp

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका-२ स्थित कुलेखानी सिमखोलामा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बिज्ञापन

वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको ना४च२३१५ नंको जीप आज साँझ सिमखोला पुलको बारमा ठोकिएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको बताइएको छ।

आठ जना सवार रहेको जीप दुर्घटना हुँदा तीन जनाको हेटौँडा अस्पतालमा उपचारका लागि ल्याउने क्रममा र एक जनाको सोही अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सो कार्यालयले जनाएको छ। मृतक चार जना पुरुष रहेका छन्।

बिज्ञापन

घाइते भएका चारमध्ये चालकसहित तीन जनाको हेटौंडा अस्पतालमा र एक जनाको उपचारका लागि काठमाडौं पठाइएको छ। घटनामा मृत्यु भएकाको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0