कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

ज.स.पा.ले ओलीतन्त्रको घाँस खान्न!चेतना भया!, डा. भट्टराई

Facebook
Twitter
WhatsApp

जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्  अध्यक्ष डा.बाबुराम भट्टराईले रेशम चौधरीलगायतका बन्दीको रिहाइलाई प्रधानमन्त्री केपी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस् भन्दै आग्रह गरेका छन्। बिहीबार सामाजिक सञ्जाल ट्वीटरमार्फत  पूर्वप्रधामन्त्री समेत रहेका डा. भट्टराईले यस्तो बताएका हुन्।

बिज्ञापन

उनले  बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो र भन्दै प्रश्न गरेका छन्। 

‘रेशम चौधरीलगायतका राजवन्दीको रिहाइलाई प्रतिगमनकारी ओलीको सरकारमा जाने कुरासँग नजोडियोस्! के बन्दी बिपीको रिहाइ माग गर्ने कांग्रेस राणातन्त्रमा सहभागी भएको थियो!के आफ्ना नेताकार्यकर्ताको रिहाइ माग गर्ने कांग्रेस/कम्युनिष्ट पंचायत छिरेका थिए? जसपाले ओलीतन्त्रको घाँस खान्न!चेतना भया!,’उनले ट्वीटमा लेखेमा छन्।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0