कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

झरी पर्न थालेपछि कैलालीका किसान खुसी

कैलालीमा यतिबेला किसानहरु निकै खुसी छन् । लामो समयपछि वर्षा हुन थालेपछि धान रोप्न नपाएका किसान खुसी भएका छन् । शनिबारदेखि मनसुन सुरु भएपछि किसान खेतमा व्यस्त हुन थालेका छन् ।

बिज्ञापन

लामो समयदेखि पानी नपरेपछि खेत रोप्नको लागि आत्तिएका किसान यतिबेला रोपाइँ व्यस्त हुन थालेका छन् । “पानी नआउँदा किसानलाई धानको बीउ जोगाउनै निकै मुस्किल भएको थियो । चर्को गर्मीका कारण बोरिङको पानीले सिँचाइमा कुनै राहत भइरहेको थिएन,अब खेती लगाउन सकिन्छ कि भन्ने आशा जागेको छ । किसान खेतमा व्यस्त हुन थालेका छन् ।

किसानहरु भन्छन “पानी नपरेपछि रोपाइँ समयमै गर्न सकिएन । अब पानी पर्न थाल्यो अब रोपाइँको काम हुन्छ “सबै ठाउँमा सिँचाइ सुविधा नभएका कारण आकाशे पानीको भरमा खेती गर्नुपर्छ । सबैको कामसँगै सुरु भएकाले काम गर्ने मजदुर भने पाउन निकै कठिन भएको छ ।”

बिज्ञापन

कोरोना सङ्क्रमणका कारण भएको बन्दाबन्दीले किसानलाई फुर्सदिलो बनाउँदा गत वर्ष धान रोपाइँको समयभन्दा अगाडि नै कैलालीमा रोपाइँ सुरु भएका थियो । यही असार १५ गतेसम्म ५० प्रतिशतभन्दा बढी रोपाइँ सम्पन्न भइसकेको थियो । त्यसैमा जेठको दोस्रो हप्तादेखि मनसुन सक्रिय भएपछि किसानले समयअगावै खेतको काम सम्पन्न गरेको थियो ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0