बुटवलः भैरहवाबाट बुटवल जाँदै गरेको लु १ ख ६०६४ नम्बरको टिप्परले सोही दिशाबाट बुटवल आउँदै गरेको लु १ ख ९६८५ नम्बरको जन्ती बोकेको बसलाई रुपन्देहीको कोटिहवामा टिप्परले पछाडिबाट ठक्कर दिएपछि २ बालिकाको मृत्यु भएको छ, भने ६ जना घाइते भएका प्रहरीले जनाएको छ।
दुर्घटनामा परी तिलोत्तमा नगरपालिका–५ की आठ वर्षीया गंगा हरिजन र १० वर्षीया सरस्वती हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करबाट सरस्वतीको घटनास्थलमै र गंगाको उपचारका क्रममा क्रिमसन अस्पताल मणिग्राममा मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
दुर्घटनामा परी टिपर चालकसहित ६ जना घाइते भएका छन्। घाइतेमध्ये टिपर चालकको युनिभर्सल मेडिकल कलेजमा र अन्य ४ जनाको क्रिमसन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।