कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

डोटीको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत

Facebook
Twitter
WhatsApp

डोटीमा गएको भूकम्पमा परी मृत्यु हुने सबैको सनाखत भएको छ । बुधबार बिहान २ बजेर १२ मिनेटमा गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी ६ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् ।

बिज्ञापन

मृत्यु हुनेमा डोटी पूर्वीचौकी गाउँपालिका ३ गैरागाउँका ५० वर्षीय प्रेम बोहरा‚ ४० वर्षीय भगवती बोहरा‚ १३ वर्षीया सीता बोहरा‚ ८ वर्षीय हर्क बोहरा‚ १४ वर्षीया धन्सरी बोहरा‚ १४ वर्षीया तुलछी बोहरा रहेका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डाेटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रविन्दु बनाई ६.६ म्याग्निच्युडकाे भूकम्प गएकाे हाे ।

बिज्ञापन

बुधबार बिहान २ बजेर १२ मिनेटमा गएकाे भूकम्पले ग्रामीण भेगका दर्जनाैं घरहरू भत्किएका छन् । पूर्वीचाैकी गाउँपालिकाकाे वडा नम्बर ३ गैरागाउँमा केही घर भत्किँदा घरमा च्यापिएर ६ जनाकाे मृत्यु भएकाे हो । घाइते ५ जनाकाे उपचारका लागि अस्पताल लगिएको छ |

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0