हामीकहाँ प्लाष्टिकको भाँडा, बोत्तलमा भण्डारण गरिएको पानी पिउने गरिएको छ । धेरैजसोको भान्सामा पानी राख्ने भाँडो पनि प्लाष्टिककै हुने गर्छ । तर, प्लाष्टिकको भाँडामा भण्डारण गरिएको पानी विषाक्त हुने कुरा पुष्टि भइसकेको छ ।
यसमा हानिकारक रसायन हुने भएकाले त्यसको असर भण्डारण गरेको पानीमा पनि पर्छ ।
रातभर तामाको भाँडामा पानी राख्ने र बिहान उठेपछि पिउनुपर्छ, यो एकदमै स्वस्थ्यवर्द्धक हुन्छ । आर्युवेदमा भनिएको छ, तामाको भाँडामा भण्डारण गरिएको पानीले शरीरको केहि दोष शान्त गर्छ । साथै, यसले शरीरको विषाक्त पदार्थ निकाल्छ । तर, तामाको भाँडामा कति समय पानी राख्ने ? कसरी राख्ने ख्याल राख्नुपर्छ ।
तामाको भाँडामा पानी संग्रहित गर्नुलाई ताम्रजल भनिन्छ । ध्यान राख्नुपर्ने कुरा के भने, तामाको भाँडामा कम्तीमा ८ घण्टासम्म राखिएको पानी लाभदायक हुन्छ । जुन व्यक्तिलाई कफको समस्या छ, उनीहरुले पानीमा तुलसीको केहि पात हाल्नुपर्छ ।
सबैलाई थाहा छ, तामाको भाँडामा राखिएको पानी पिउनु स्वास्थ्यका लागि राम्रो हुन्छ । यसका फाइदा के–के छन् त ?
छालालाई स्वस्थ्य बनाउने– हामी छालालाई स्वस्थ्य बनाउनका लागि थरीथरीका सौन्दर्य प्रसाधन प्रयोग गरिरहेका हुन्छौ । राम्रो सौन्दर्य प्रसाधन प्रयोग गर्दैमा छाला स्वस्थ्य एवं चम्किलो हुन्छ भन्ने छैन । यसमा तपाईको दिनचर्या र खानपान मूख्य रुपमा जोडिएर आँउछ । त्यसैले तपाई छालालाई स्वस्थ्य बनाउन चाहनुहुन्छ भने तामाको भाँडामा रातभर राखेको पानी पिउनुहोस् । यसको नियमित सेवनले तपाईको छाला चम्किलो र मुलायम हुन्छ ।