कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

तीन दिनमा पाँच लाखभन्दा धेरैले काठमाण्डौ छाडे

पछिल्लो तीन दिनमा पाँच लाखभन्दा धेरैले काठमाण्डौ छोडेका छन् ।

बिज्ञापन

आज बिहान ६ बजेदेखि निषेधाज्ञा लागू हुने भए पछि राति दुई, तीन बजेसम्म पनि यात्रु सडकमा गाडी कुरेर बसेका थिए ।

राति अबेरसम्म सडकमा गाडी पर्खिएका केही यात्रु गाडी नपाएपछि अलपत्र परेका छन् । अलपत्र परेका यात्रुलाई कसरी घर पठाउने भन्नेबारे सम्बन्धित निकायको निर्णय पर्खेर बसेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

बिज्ञापन

हिजो काठमाण्डौको नयाँ बसपार्क, कलङ्की, जडीबुटी, कोटेश्वर र भक्तपुर क्षेत्रमा यात्रुको सबैभन्दा धेरै भीड थियो । गाडी र यात्रुको चापका कारण मुख्य नाका नागढुङ्गा सडकखण्डमा लामो जाम भएको थियो । काठमाण्डौ उपत्यका बाहिरबाट खाली गाडी आउने र भरिएका गाडी बाहिर जाने क्रम बढेपछि नाकामा गाडीको आवागमन अस्तव्यस्त बनेको थियो ।

बिज्ञापन

यात्रुले गाडी नपाउने मात्रै होइन, बल्लतल्ल गाडी पाए पनि बढी भाडा तिर्नु परेको, घण्टौँ जाममा बस्नु परेको गुनासो गरेका छन् । सरकारले दुई दिनको मात्रै समय दिएर निषेधाज्ञा लागू गरेकाले भीड थेग्न नसकेको महासचिव सिटौलाले बताउनुभयो |

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0