कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

तीन वर्षीया बालिका बलात्कार आरोपमा एक किशोर पक्राउ

Facebook
Twitter
WhatsApp

डोटीमा तीन वर्षीया बालिकामाथि बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन्।

बिज्ञापन

प्रहरीका अनुसार जिल्लाको सायल गाउँपालिकाका १७ वर्षीय किशोर पक्राउ परेका हुन्। बलात्कारपछि फरार रहेका उनलाई मंगलबार शिखर नगरपालिका–११ स्थित आफन्तको घरबाट पक्राउ गरिएको थियो।

उनले बहिनी नाता पर्ने छिमेकी काकाको छोरीलाई पानी खुवाउने भन्दै आफ्नो घरभित्र लगेर बलात्कार गरेको प्रारम्भिक उजुरी परेको प्रहरीले बताएको छ। बालिकाको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0