त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि साढे ६ किलो सुन बरामद भएको छ । भन्सारबाट बाहिरिसकेपछि प्रहरीको टोलीले सुन बरामद गरेको हो । सुनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् ।
विमानस्थल प्रहरी प्रमुख डिआईजी अर्जुन चन्दले फ्लाइ दुबईको जहाज चढेर काठमाडौं आएका इजिप्ट र सुडानका नागरिकहरु सुनसहित पक्राउ परेको जानकारी दिए ।
![](https://diamondonlinevision.com/wp-content/uploads/2021/08/ads-for-khali-bigyapan.gif)
उनका अनुसार बरामद भएको सुन अर्धठोस अवस्थामा छ । उनीहरुले हाफ ज्याकेटको गोजीमा सुन राखेर ल्याएका थिए ।
बिज्ञापन
No data was found
गएराति ११ः५१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको फ्लाई दुबईको एफ जेड ५७३ हवाई जहाजबाट उनीहरु काठमाडौं आएका थिए । चेकजाँचको क्रममा उनीहरु राति १२ः४५ बजे पक्राउ परेका थिए ।
बिज्ञापन
No data was found
दुई दिनअघि मात्र १४ किलो सुन बरामद भएको थियो ।
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0