कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

थपिए ३ हजार २६० कोरोना संक्रमित, निको भए २ हजार २९४

पछिल्लो २४ घण्टामा थप ३ हजार २६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार १५ हजार ४६२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

बिज्ञापन

पछिल्लो २४ घण्टामा १० हजार ८०६ जनाको पिसिआर र ४ हजार ६५६ जनाको एन्टिजेन परीक्षण गरिएको थियो।

त्यस्तै २ हजार २९४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। अहिलेसम्म ६ लाख ७७ हजार ३७७ जना कोरोना मुक्त भएका छन्। यसको संक्रमणबाट थप ३२ जनाले ज्यान गुमाएका छन्।

बिज्ञापन

योसँगै मृत्यु हुनेको संख्या १० हजार २१२ पुगेको छ।यस्तै संक्रमितमध्ये काठमाडौं उपत्यकामा एक हजार १३३ जनालाई संक्रमण देखिएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0