कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

दसैँको समयमा भएका दुर्घटनामा परी 12 जनाको मृत्यु

यही असोज २१ गतेदेखि ३० गतेसम्म भएका १९ वटा दुर्घटनामा 12 जनाको मृत्यु भएको छ ।

बिज्ञापन

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार सो अवधिमा भएका दुर्घटनामा २३ जना घाइते भएका थिए । २८ वटा सवारीसाधन दुर्घटनामा परेको कार्यालयले जनाएको छ ।

सवारी दुर्घटना विशेषगरी भित्रि सडकमा भएका थिए । दुई पाङ्ग्र्रे सवारीसाधन सबैभन्दा बढी दुर्घटनामा परेका थिए । मादकपदार्थ सेवन गरेका कारण दुर्घटना बढी भएको कार्यालयका प्रमुख प्रहरी निरीक्षक भगवानराज थापाले जानकारी दिए।

बिज्ञापन
No data was found

तीव्र गति, क्षमताभन्दा बढी यात्रु र सडक साँघुरो हुनुका कारण दुर्घटना बढी भएको उनले बताए। जिल्लाको पूर्वी क्षेत्रमा दुर्घटना बढेको उनको भनाइ छ ।चाडपर्वमा सवारी दुर्घटना बढ्ने भएकाले कार्यालयले सवारी चेकजाँचलाई तीव्र पारेको उनले बताए ।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0