कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

दार्चुलाको बाढी पहिरो घटनामा अझै १० जना बेपत्ता

Facebook
Twitter
WhatsApp

शुक्रबारको वर्षापछि आएको बाढीपहिरोले बेपत्ता भएका १० जना अझै भेटिएका छैनन्। महाकाली नगरपालिकाका १० जना अझँ नभेटिएका हुन्। बाढीपहिरोले महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलोमजनधनको क्षति भएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार बाढीपहिरोमा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने १० बेपत्ता छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक लोकेन्द्र सिंहले महाकालीको पानीको बहाव नघट्दा खोजी कार्यमा समस्या भएको बताए। नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको संयुक्त टोली खोजी कार्यमा खटिएका छन्।

महाकाली नगरपालिका–३ का धनसिंह कार्की, दीपक कार्की, दिनेश कार्की, वडा नम्बर ४ का सरस्वती लुहार, मोहन लुहार, वडा नम्बर २ का मानमति शाहु, वडा नम्बर १ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता रहेका छन्। बाढीपहिरोले ६ जनाको मृत्यु भइसकेको छ।

बिज्ञापन

बाढीपहिरोले दार्चुलाका दुई स्थानीय तहका झण्डै एक सय परिवार प्रभावित भएका छन्। बाढिपहिरोमा परि ४२ घर पूर्ण क्षति, नौ घर आंशिक क्षति भएको छ भने ४० घर जोखिममा रहेका छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0