कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

दार्चुलामा नेपाल–भारत जोड्ने सिमाना बन्द हुदै

दार्चुला: भारतको उत्तराखण्डमा १४ फेब्रुअरीमा हुने विधान सभा चुनावका लागि नेपाल–भारत सीमानाका करिब ६० घण्टा बन्द हुने भएको छ ।

बिज्ञापन

चुनावलाई लक्षित गरी २९ माघ बेलुका ५ बजेदेखि ३ फागुन बिहान ७ बजेसम्म सीमानाका बन्द हुने दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए ।

१ र २ फागुनमा पूर्ण रुपमा सीमानाका बन्द हुने उनको भनाइ छ । दार्चुलामा नेपाल–भारत जोड्ने लाली, जोलजिवी, दत्तु, खलंगा, तिग्रम र सीतापुल गरी ६ वटा सीमा पुल छन् ।

बिज्ञापन
No data was found

सीमा पुलबाहेक लेकम क्षेत्रमा महाकाली नदीमाथि ट्युब र व्यास क्षेत्रमा तुइनको प्रयोग गरी नेपाल–भारत आवतजावत गर्ने गरिएको छ ।

बिज्ञापन
No data was found

निर्वाचनको समयमा सीमा क्षेत्रमा शान्ति र सुरक्षा व्यस्थापनका लागि सहयोगसम्बन्धी हालै सम्पन्न नेपाल–भारत सीमा बैठकमा छलफल गरिएको उनले बताए । 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0