कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

दास हत्या प्रकरणःशवअस्पतालमै ,गाउँपालिका बन्द,

Facebook
Twitter
WhatsApp

कैलालीको जानकी गाउँपालिका ९ का २५ वर्षीय अर्जुन दासको हत्या प्रकरणमा प्रहरीले संलग्नलाई पक्राउ गर्न नसकेको भन्दै स्थानीयले बिहीबार गाउँपालिका बन्द गराएका छन्।

बिज्ञापन

हत्यामा संलग्नलाई आजीवन कारावास, मृतकलाई शहीद घोषणा, मृतकका छोराछोरीलाई राहत र उच्चशिक्षाको ग्यारेन्टी, परिवारको सुरक्षालगायत ८ बुँदे माग राखेर पीडित पक्षले आन्दोलन गर्दै गाउँपालिका बन्द गराएका हुन्। 

मंगलबार र बुधबार टीकापुरमा विरोध प्रर्दशन गरेका उनीहरूले बिहीबार जानकी गाउँपालिका बन्द गर्नुका साथै गाउँपालिका कार्यालय घेराउ गरेका संघर्ष समितिका संयोजक ललित परियारले जानकारी दिए। बिहीबार गाउँपालिकाका वडा कार्यालयहरु पनि बन्द गरिएका छन्। गत शुक्रबार साँझ घरबाट हिँडेका अर्जुन दास घाँटी काटिएको अवस्थामा शनिबार स्थानीय अमरावती सामुदायिक वनमा मृत फेला परेका थिए।

बिज्ञापन

सो कार्यमा संलग्न एक जना पक्राउ परेका छन् भने अरु तीन जना फरार रहेको प्रहरीले बताएको छ।पीडित परिवारले हत्यामा संलग्नलाई कानुनी कारबाही र अन्य माग सम्बोधन नभएसम्म शव नबुझ्ने अडान राखेका छन्। अर्जुनको शव टीकापुर अस्पतालमा राखिएको छ।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0