कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

जीप दुर्घटना हुँदा दुइ को मृत्यु

जुम्लाबाट सुर्खेत जाँदै गरेको जीप कर्णाली राजमार्ग अन्तरगर्त दैलेखको दुल्लु नगरपालिका–३ स्याँलामा दुर्घटनामा पर्दा दुई जनाको मृत्यु भएको छ ।

बिज्ञापन


जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायब उपरीक्षक (डीएसपी) अनुपम श्रेष्ठका अनुसार बा २० च ७१५ नम्बरको जीपमा दुई जना मात्रै यात्रु सवार रहेका थिय ।

जसमा सवार जुम्लाको गुठिचौर गाउँपालिका–४ का ३८ वर्षीय रामहरी न्यौपाने र सोहि ठाउँकी २७ वर्षीया राज्यलक्ष्मी न्यौपानेको मृत्यु भएको बताउनुभयो ।

बिज्ञापन


जीप ब्रेक फेल भई दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । जीप सडकबाट झण्डै पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

बिज्ञापन

निषेधज्ञाको बेला जीप किन र कहाका लागि हिडेको भन्ने विषयमा जानकारी नहुँदा जिल्ला प्रहरी कार्यालय जुम्लामा समन्वय गरिरहेको प्रहरीले जनाएको छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0