कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

दुई वर्षमा सम्पन्न गर्छु, मोहनलाल नगर उधान : नगर प्रमुख शाही

कैलालीको लम्कीचुहा नगरपालिकाकी नगर प्रमुख सुशीला शाहीले नगर उधान अबको एक दुई वर्षमा सञ्चालनमा आउने बताएकी छन् ।

बिज्ञापन


बिहीवार मोहनलाल नगर उधान सामुदायिक वन उपभोक्ता समुहले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिहरूलाई बधाई तथा शुभकामना कार्यक्रममा आफ्नो प्रतिवद्वता भनाई राख्दै उनले सो कुरा बताएकी हुन् ।


’यस उधानका अध्यक्ष बखत विष्टले पार्क सञ्चालन आएमा ५० जनाले रोजगारी पाउने बताउनु भयो तर, म भन्छु दुई सय तीन सय पर्यटक आए भने पनि यहाँका पाँच सय जनाले रोजगारी पाउने छन् ।’ नगर प्रमुख शाहीले भनिन्, ’ यो पार्क सँगै अरु पर्यटकीय क्षेत्रहरूको विकास गरिने छ । यस नगर उधानको काम सञ्चालन भइरहेको हुँदा यसलाई प्राथमिकतामा राखेर संघ, प्रदेशबाट बजेट ल्याएर भए पनि अबको एक दुई÷वर्षमा पार्कलाई पूर्ण गर्ने छु ।’

बिज्ञापन


लम्कीचुहाको पहिचान उझेलमा भएपछी ०७४ का निर्वाचित नगर प्रमुख महादेव बजगाईले मोहनलाल सामुदायिक वनलाई नेपालकै नमूना पार्कको बनाउने परिकल्पना गर्नुभएको थियो’ अध्यक्ष विष्टले भने, उहाँकै(महादेव बजगाई) परिकल्पनामा निर्माण भइरहेको पार्कमा बजेटको व्यवस्थापन पनि भएको थियो । कोभिडका कारण केही काम भए केही काम भएनन् । अहिले पर्यटन मन्त्रालयको बजेटबाट काम हुने पर्ने थियो तर, नगरपालिकामा आईईई स्वीकृत नहुँदा काम रोकिएको छ । नगरपालिकाले सो काम गरिदेओस् ।’

बिज्ञापन


९२ करोड १४ लाख ८८ हजार पाँच सय ४१ रुपैयाँ तीन पैसा लागत अनुमान गरिएको पार्क निर्माण अवधि २० सम्म रहेको छ । ७३.३६ हेक्टरमा फैलिएको नगर उधानमा रुख माथिको आकाशे झोलुङ्गे पुल, जडिबुटी बगैंचा, पिकनिक स्पोट, खेल मैदान, ध्यान योगा केन्द्र, संग्राहलय, बोटिङ्ग गर्नको लागि क्यानल लगायतका संरचनाहरु निर्माण गरिने नगर उधानको डिपिआरमा उल्लेख छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0