कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै रिटमा हस्ताक्षर गर्ने १४६ सांसद यी हुन् (सूचीसहित)

Facebook
Twitter
WhatsApp

प्रतिनिधिसभा विघटन बदर गरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्च अदालतमा रिट परेको छ ।

बिज्ञापन

रिटमा कांग्रेस सभापति देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलसहित १ सय ४६ जना निवेदकले हस्ताक्षर गरेका छन्।

रिटमा कांग्रेसका ६१, माओवादीका ४९, एमालेका २३ , जसपाका १२ र राष्ट्रिय जनमोर्चाका १ जना विघटित प्रतिनिधिसभाका सदस्यको हस्ताक्षर रहेको छ ।

बिज्ञापन

रिटमा संवैधानिक इजलासमार्फत निर्वाचनको घोषणा बदर गर्न अन्तरिम आदेश मागिएको छ भने देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ । हस्ताक्षर भएका पवित्रा निरौला खरेल, राजबहादुर बुढा र गोकर्ण विष्ट आज उपस्थित भएका थिएनन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0