कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

धनगढीको सैनिक अस्पतालमा संक्रमितको उपचार हुने

कैलालीको धनगढीमा नेपाली सेनाको अस्पतालाई कोरोना संक्रमितको उपचारमा प्रयोग गर्ने गरि तयारी बढाइएको छ। यसअघि नेपाली सेनाका परिवारजनलाई मात्रै सेवा दिने गरी निर्माण थालिएको अस्पतालमा अब भने कोरोनाका बिरामीको बिरामीको औषधोपचार गर्ने गरि तयारी अगाडि बढाइएको हो। 

बिज्ञापन

यतिबेला सुदूरपश्चिम प्रदेशका अस्पतालहरु कोरोना संक्रमितहरुले भरिएका छन््। प्रदेशको रेफरल सेती प्रादेशिक अस्पतालले प्राङ्गणमा राखेर पनि कोरोना संक्रमितको उपचार गर्दै छ। प्रदेशमा कोरोना संक्रमण भयावह भएपछि नेपाली सेनाको सुदूरपश्चिम पृतनाले कोरोनाका बिरामीलाई सेवा दिने गरी अस्पताल सञ्चालन गर्न तयारी बढाएको हो |

यहाँका अस्पतालहरु संक्रमितले भरिन थालेपछि प्रदेश सरकारले बैशाख पहिलो सातादेखि स्थान खोजीमा लागेको थियो।

बिज्ञापन
No data was found

नेपाली सेनाको सुदूरपश्चिम पृतनापति निर्मलकुमार थापाले अरु अस्पताल हुँदै गरेको बिरामीको चाप घटाउनलाई तीव्र गतिम तयारी अगाडि बढाएको जानकारी दिए। सुदूरपश्चिमका ४० देखि ५० हजार कोरोना संक्रमितलाई सेवा दिने लक्ष्य राखिएको उनको भनाइ छ।

बिज्ञापन
No data was found

सेनाको अस्पतालबाट कोरोना संक्रमितलाई उपचार दिन सुदूरपश्चिम सरकार आग्रह गरेको थियो। प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाश शाहले सेवा सञ्चालन गर्न प्रदेश कोरोना कोषबाट ३० लाख रुपैयाँ उपलब्ध गराएको जानकारी गराए।

भौतिक संरचना निर्माण अझै पूर्ण नभएको, जनशक्ति र स्वास्थ्य सामाग्रीको अभावका कारण सञ्चालनमा ढिलाइ भएको सेनाले बताएको छ। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0