कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

धनगढीमा पुगिन मन्त्री झाक्रीः ‘उपदेश’सहित पत्रकारमाथि यस्तो आक्रोस व्यक्त

Facebook
Twitter
WhatsApp

कैलाली : संघीय सरकारकी सहरी विकास मन्त्री रामकुमारी झाक्री धनगढीमा पुगेकी छिन्। सहरी ऐनबारे छलफल गर्न मन्त्री झाक्री शनिबार धनगढी पुगेका हुन्।

बिज्ञापन

शनिबार बिहान समाजवादी प्रेस संगठनले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री झाक्री सहभागी भइन्। संगठनले समसामयिक विषयमा धारण राख्न मन्त्री भाक्रीलाई आग्रह ग¥यो। त्यसपछि पत्रकार सम्मेलनमा सहभागी नेताहरुलाई सम्बोधन गर्दै मन्त्री झाक्रीले आफ्नो धारणा राख्न सुरु गरिन्।

मन्त्रीले पत्रकार सम्मेलनको सुरुवातमा बसाइसराई, सिचाँई आयोजना, नयाँ सहर लगायतका विषयमा आफ्नो धारण राखिन्। आफूले बोलेको विषयमा समाचार सम्प्रेषण हुँदैन की भन्ने चिन्ता मन्त्री झाक्रीको थियो। 

बिज्ञापन

उनले भनिन्, ‘बसाइसराई, जग्गा प्लटिङ, सिचाइँ आयोजना, नयाँ सहर विस्तारका सवालमा समाचार बन्दैन होला। मैले एससीसी, स्थानीय तह निर्वाचन, सत्ता गठबन्धन लगायतका विषयमा बोल्दा मात्रै समाचार बन्छ। आजको हेडलाइन पनि के हुन्छ, त्यो मलाई थाहा भइसक्यो।’ यति मात्रै होइन, मन्त्री झाक्रीले स्थानीय तथा राष्ट्रिय सञ्चार माध्यमले नकरात्मक समाचार मात्रै सम्प्रेषण गर्दै आएको आरोप लगाइन्। ‘म पनि पत्रकारीताको विद्यार्थी हुँ,’ उनले भनिन्, ‘त्यसकारण पनि धेरै कुरा मलाई थाहा भइहाल्छ।’ 

तर पत्रकारले सोधेका प्रश्नमा भने मन्त्री अर्थपूर्ण जवाफ दिन सकिनन्। पत्रकारले नयाँ सहरको विषयमा राखेको जिज्ञासामा उनले बजेट अभावका कारण काम गर्न नसकिएको बताइन्।

बिज्ञापन

पत्रकारको जिज्ञासाको जवाफ दिनुको सट्टा मन्त्री झाक्रीले उल्टै पत्रकारलाई नै उपदेश दिएको कार्यक्रममा सहभागी एक पत्रकारले बताए।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0