कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

धनगढी देखि दिपायल सम्म कालोपत्रे सहितको द्रुतमार्ग बन्दै

लम्की : धनगढी–खुटिया–विपीनगर–दीपायल द्रुतमार्ग कालोपत्र हुने भएको छ। सडक कालोपत्रका लागि कैलाली खण्डमा बेसको काम भइरहेको सडक योजना कार्यालयले जनाएको छ।

बिज्ञापन

योजना कार्यालयका प्रमुख लक्ष्मण रावलका अनुसार बेसको काम सकिने बित्तिकै उक्त सडक कालोपत्र गर्ने तयारी थालिने छ। गत आर्थिक वर्षमा बजेट अभावका कारण अलपत्र परेको सडक कालोपत्रको काम एक महिनापछि हुने योजना कार्यालयले जनाएको छ।

धनगढी–खुटिया–विपीनगर–दिपायल द्रुतमार्गको २३ किलोमिटर कालोपत्रका लागि २०७८ वैशाखमा ठेक्का सम्झौता भएको थियो। धनगढी–स्याउले सडकखण्डको १३ दशमलव चार र दिपायल–बाजमोर्ड खण्डको नौ दशमलव चार किलोमिटर सडक कालोपत्रका लागि सम्झौता भएको थियो।

बिज्ञापन
No data was found

कैलालीमा थप साढे छ किलोमिटर र डोटीमा १५ किलोमिटर सडक कालोपत्रका लागि ठेक्का सम्झौता भएको प्रमुख रावलले बताए। उनका अनुसार चार खण्डमा सडक कालोपत्रको काम हुँदैछ। ठेक्का भएका चार सडकको भौतिक प्रगति औसतमा ६५ प्रतिशत भएको जनाएको छ।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0