कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१८ आश्विन २०८०, बिहीबार

धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल भत्कायो

Facebook
Twitter
WhatsApp

कैलालीको सीमाना भएर बग्ने मोहना नदीमा बाढी आएको छ। चुरे क्षेत्रमा भएको भारी वर्षापछि मोहना नदीमा बाढी आएको हो। जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार राति मोहना नदीले खतराको सतह पार गरेको थियो।

बिज्ञापन

राति नदीको बहाव झण्डै चार मिटर पुगेको थियो,’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने, ‘अहिले भने बहाव सामान्य बन्दै गएको छ। साढे २ मिटरमा झरेको छ।’ चुरे क्षेत्रमा अहिले पनि वर्षा जारी भएकोले सतर्क रहन नदी आसपासक बासिन्दालाई प्रशासनले आग्रह गरेको छ। 

zस्थानीयका अनुसार धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल भत्काएको छ। ‘पानीको बहाव अहिले पनि कम भएको छैन। धनगढी–राजघाट जोड्ने स्काई फोल्डिङ पुल पनि भत्काएको छ,’

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0