प्रधानमन्त्री पत्नी तथा कांग्रेस सांसद आरजु राणाको नेपाली कांग्रेसका उम्मेदवारलाई विजयी गराएको खण्डमा एउटा वडाबाट ५–६ जना युवालाई मलेसिया पठाइदिने बताएकी छिन् ।
सामाजिक सञ्जालमा बाहिरिएको भिडिओ फुटेजमा आरजुले एउटा सानो भेलालाई सम्वोधन गरिरहेको देखिन्छ । उक्त कोटामा त्यस वडाबाट ५–६ जनालाई मलेसिया पठाउने प्रयास गर्ने उनको आश्वासन छ ।
आरजुले भनेकी छन्, ‘कसैले मलाई फ्रि भिसा फ्रि टिकटको अलिकति कोटा दिन्छु भनेको छ । यहाँबाट काठमाडौं जान पनि त्यो उ (खर्च) पर्र्दैन । सप्पैलाई त हामी गर्न सक्दैनौं, किनभने यसको मापदण्ड हुन्छ । त्यस्तै छ भने यो वडाबाट ५६ जनालाई प्रयास गर्छौं ।’
उनी थप्छिन्, ‘पहिले इलेक्सन सिध्याउँ । अनि जीवनजीसँग सम्पर्क गर्नुस् । अलिकति मान्छेलाई केही न केही रोजगारीको बाटो दिन्छौं ।’
यसअघि उनले कांग्रेसले नजितेका स्थानीय तहमा बजेट नै नपठाउने भाषण गरेकी थिइन् ।