कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

धौलागिरी लघुवित्तको आईपीओ बाँडफाँड : ३० हजार ९२९ जनाले पाए शेयर

धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड आज भाद्र ०८ गते बुधबार निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेडको कमलपोखरी, काठमाडौं स्थित कार्यालयमा बिहान १०:०० बजे सम्पन्न भएको छ।

बिज्ञापन

मागभन्दा बढी आवेदन परेको हुनाले कम्पनीको प्राथमिक निष्काशनको बाँडफाँड गोलाप्रथाबाट गरिएको छ। कुल १८ लाख ६५ हजार ९२६ जना आवेदन मध्ये योग्य आवेदक १८ लाख ६४ हजार ६४० जनाले आवेदन दिएकोमा १८ लाख ३३ हजार ७११ जना आवेदकको हात खाली भएको छ।

बाँकी आवेदकमा ३० हजार ९२४ जना आवेदकले १० कित्ताको दरले शेयर पाएका छन् भने ५ जना भाग्यमानी आवेदकले ११ कित्ताको दरले पाएका छन्। लघुवित्तको आईपीओमा २ करोड ४ लाख ६१ हजार ८४० कित्ताको लागि रु २ अर्ब ४ करोड ६१ लाख ८४ हजार बराबरको आवेदन परेको थियो।

बिज्ञापन
No data was found

कम्पनीको जारी पूँजी रु १०,३१,००,००० (अक्षेरुपी दश करोड एकतिस लाख मात्र) को ३२.१०४७५३ प्रतिशले हुन आउने रु.३,३१,००,००० (अक्षेरुपी तीन करोड एकतिस लाख मात्र) रकम बराबर प्रति शेयर रु १०० अंकित दरका ३,३१,००० कित्ता साधारण शेयर मध्ये कुल जारी पूंजीको ०.५% अर्थात ५,१५५ कित्ता शेयर कर्मचारीहरु तथा सर्वसाधारणलाई छुट्टाइएको शेयर मध्येको ५% अर्थात १६,५५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ३,०९,२९५ कित्ता साधारण शेयरहरु सार्वजनिक निष्काशनमा आएको थियो।

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0