कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

नक्कली भुटानी शरणार्थी प्रकरण :३२ जना संलग्न रहेको निष्कर्ष

प्रहरीले नक्कली भुटानी शरणार्थी ठगी प्रकरणको अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको छ । सोमबार काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयमा नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

बिज्ञापन

जिल्ला सरकारी वकिल कार्यालयका सह–न्यायाधिवक्ता अच्युतमणि न्यौपानेले जिल्ला प्रहरी परिसर काठमाडौंबाट प्रतिवेदन प्राप्त भएको बताउनुभयो । उहाँले अब प्रहरीले अनुसन्धान गरेर बुझाएको प्रतिवेदनको विश्लेषण, प्रमाणका आधारमा अध्ययन गरिने जानकारी दिए।

सह–न्यायाधिवक्ता न्यौपानेले सरकारी वकिल कार्यालयमा प्राप्त भएको अनुसन्धान प्रतिवेदन अध्ययन गरेर अभियोग पत्र तयार गर्ने पनि बताए । उनले  जिल्ला सरकारी वकिल कार्यालयले प्रहरी प्रतिवेदन अध्ययन सकेर बुधबारसम्म जिल्ला अदालतमा अभियोग पत्र दायर गरिसक्ने जानकारी दिए । सरकारी वकिल कार्यालयले क–कसलाई के—के मुद्दा लगाउने भन्ने विषयमा अनुसन्धान प्रतिवेदन अध्ययन गरेर मात्रै अन्तिम निर्णय गर्ने उनको भनाइ छ ।

बिज्ञापन

‘‘नक्कली भुटानी शरणार्थी प्रकरण प्रहरीले अनुसन्धान सकेर मुद्दा हामीसँग आएको छ । प्रहरी अनुसन्धानमा के देखियो, आधार प्रमाणहरू के हुन् । को–को विरुद्ध मुद्दा चल्ने वा नचल्ने अवस्था हो । कस्तो अपराध हो । कति कसुर वा बिगोको माग दाबी कति हो भन्ने पछिका कुरा हुन् । हामी सुरुवातमा मुद्दाको अनुसन्धानको मिसिङ छ ।,’’ सह–न्यायाधिवक्ता न्यौपानेले भने , ‘‘यो विश्लेषण गर्छौँ । आधार प्रमाणहरू हेर्छौँ । यो आधारमा हामी निर्णय गर्छौँ । हामीले भर्खरै प्रतिवेदन प्राप्त गरेका छौँ । अदालतमा मुद्दा लाने समय १० गतेसम्म रहेकाले त्यही समयमा प्रतिवेदन हेरेर लैजान्छौँ । पक्राउ परेकाहरूलाई ठगी र सङ्गठित अपराध र राज्य विरुद्धको अपराधको मुद्दा लाग्ने सम्भावना रहेको छ ।’’

बिज्ञापन

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा कम्तीमा ३२ जना संलग्न रहेको निष्कर्ष प्रहरीले निकालेको र रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ । न्यौपानेका अनुसार पक्राउ पर्नेहरूलाई ठगी र सङ्गठित अपराधसहित केहीलाई लिखतसम्बन्धी कसुर (किर्ते) र राज्य विरुद्धको अपराधमा समेत मुद्दा चलाउनसक्ने बताए।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0