कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

नाता गोता र आफन्तलाई भर्ना गर्न मात्रै गठबन्धन बनेको ओली दाबी

Facebook
Twitter
WhatsApp

कैलालीको बर्दगोरियामा आयोजित स्थानिय निर्वाचनलाई लक्षित आमसभालाई सम्बोधन गर्दै ओलीले नाता गोता र आफन्तलाई भर्ना गर्न मात्रै गठबन्धन बनेको बताएका हुन् ।

बिज्ञापन

अहिलेको परमादेशी सरकार संबिधानबिपरित बनेका कारण यो सरकारलाई बिदाई गर्नुपर्ने ओलीले बताए । अहिले त्यही गठबन्धन र एमालेबिचको लडाई रहेका कारण एमालेलाइनै बिजयी गराउन ओलीले आग्रह गरे । सडक चौडा, कृषीको आधुनिकिकरण, पर्यटनको बिकास लगायतका एजेण्डा स्थापित गराउन एमालेलाई बिजयी गराउनुपर्ने ओलीले बताए ।

कुनै निति योजना बिना ब्यक्तिगत स्वार्थका लागी मात्र गठबन्धन बनेको बताउँदै ओलीले एमालेसित स्पस्ट भिजन रहेको दावी गरे । एमालेले गुमेको भुमी फिर्ता ल्याउन पहल गरेर नक्सा समेत निकाल्दा गठबन्धन सरकार भारतिय सुरक्षाकर्मीले तुइन काटेर नेपाली नागरिक खसाल्दा समेत चुइकक बोल्न नसकेको ओलीले बताए ।

बिज्ञापन

एमाले देश बनाउन चाहान्छ ओलीले भने सम्मानमा बृद्ध भत्ता, देशको शिर ठाडो पार्न बिदेशीसामु अडान कायम, बिकासमा क्रान्ती लगायतका काम एमालेले मात्रै गर्न सक्छ यो त्यस कारण यो गठबन्धनलाई परास्त गरी एमालेलाइनै बिजयी गराउनुपर्छ ।”

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0