कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

निकुञ्जको क्षेत्र कम हुँदा बढ्यो मानव–वन्यजन्तु द्वन्द्व

 बाँकेमा अहिले बाघ देखिनु र यसको आक्रणमा पर्नु नयाँ घटना हुन छाड्यो। अन्य स्थानमा भन्दा राप्तीसोनारी गाउँपालिका क्षेत्रमा बाघको चहलपहल बढी हुन्छ।

बिज्ञापन

यो निकुञ्ज नजिकको क्षेत्र हो। यो वर्ष मात्र बाँकेमा बाघ आक्रमणबाट पाँच जनाको मृत्यु भयो। दर्जनौं आक्रमणबाट नागरिकले ज्यान जोगाएको उदाहरण भेटिन्छन्।  

राप्तीसोनारी गाउँपालिका–६ गुलरी गाउँका ६० वर्षीय धनबहादुर चलाउनेको गत ७ फागुनमा ढलैयाको जंगलमा बाघको आक्रमणबाट मृत्यु भयो। २४ घण्टा नबित्दै राप्तीसोनारी–७ झगडिया गाउँका ३२ वर्षका वकिल गद्दी बाघको आक्रमणबाट घाइते भए। निकुञ्जभन्दा दक्षिणको कम्दी जैविक मार्ग क्षेत्रमा पर्ने राप्तीसोनारी ३ र ६ क्षेत्रमा स्थानीयले बुधबार दिउँसो २ वटा छुट्टाछुट्टै बाघ प्रत्यक्ष देखेका बताउँछन्। बाघसँगको जम्काभेटले ज्यानै जाला भन्ने पीर स्थानीयमा थपिएको छ। 

बिज्ञापन
No data was found

बर्दियाको ठाकुरबाबा नगरपालिका—४ सैनवारकी ४५ वर्षीया लिली थारू गत मंगलबार साँझ ७ बाघको आक्रमणमा परिन्। बंगुरलाई आहार दिन जाने क्रममा पाटेबाघको आक्रमणबाट उनको ज्यान जोगिएन। सैनवार बर्दिया निकुञ्जसँगै जोडिएको गाउँ हो। बाघले घरमै आएर आक्रमण गर्‍यो। यो वर्ष मात्र बर्दियामा बाघको आक्रमणबाट ४ जनाको ज्यान गयो। 

बिज्ञापन
No data was found

बर्दिया–बाँके कम्प्लेक्समा पछिल्लो समय निकुञ्जभन्दा बाहिर पाटेबाघको आक्रमण बढ्दो छ। विगत तीन वर्षमा बाघ आक्रमणबाट मृत्यु भएको तथ्यांक विश्लेषण गर्ने हो भने ४० प्रतिशत मृत्यु निकुञ्ज र मध्यवर्ती क्षेत्रभन्दा बाहिर भएको देखिन्छ। राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाका प्रमुख डा.रविन कडरियाका अनुसार तीन वर्षको अवधिमा बाँके–बर्दिया कम्प्लेक्समा बाघको आक्रमणबाट २९ जनाको ज्यान गइसकेको छ। 

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0