कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

निमोनिया संक्रमणबाट बालकको मृत्यु

Facebook
Twitter
WhatsApp

अछाममा निमोनिया संक्रमणबाट एक बालकको मृत्यु भएको छ।

बिज्ञापन

जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर १३ बस्तीका ११ महिनाका भूपेन्द्र जनालाको ज्यान मृत्यु भएको हो। असोज ४ गते जिल्ला अस्पताल पुर्‍याइएका बालकको बुधवार राति ज्यान गएको अस्पतालका सूचना अधिकारी नर्सिङ स्टाफ गंगा बुढामगरले बताइन्।

कडा निमोनिया र कुपोषण भई फोक्सोमा बढी संक्तमण भएकोले ज्यान गएको अस्पतालले जनाएको छ। थप उपचारका लागि धनगढी रेफर गरेको तर साथमा आमा मात्रै रहेकाले त्यहाँ पुर्‍याउन नसकेको बालकले ज्यान गुमाउनु परेको बताइएको छ। अछामका स्वास्थ्य संस्थामा भाइरल ज्वरो, मौसमी रुघाखोकी र निमोनियाका बिरामी बढेका छन्।

बिज्ञापन
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0