कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९

डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित 

सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

१६ आश्विन २०८०, मंगलवार

निर्माण कार्य सम्पन्न नहुँदै भत्कियो घोडाघोडी तालको बाँध

Facebook
Twitter
WhatsApp

कैलालीको घोडाघोडी नगरपालिका–१ घोडाघोडीमा अवस्थिति घोडाघोडी तालको बाँध पुनः निर्माण तथा प्रवेश पार्क निर्माण कार्य पुरा नबित्दै भत्किन थालेको छ । निर्माण व्यवसायीले गुणस्तर हीन काम गरेको कारण घोडाघोडी तालको बाँध तथा प्रवेश पार्क भत्किन थालेको हो । अहिले बनेका विभिन्न संरचनाहरू चर्किनुको साथै भत्किन थालेका छन् ।

बिज्ञापन

निर्माण कम्पनीले गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरित काम गरेको स्थानीहरूले बताएका छन् । सम्बन्धित निकायमा पटक–पटक जानकारी गराउँदा पनि बेवास्ता गरिएको कारण काम गुणस्तर हीन भएको स्थानीय दीपक शाहलेको भनाई छ । स्थानीय सरकार र सम्बन्धित सरोकारवाला निकायको बेवास्ताको कारण घोडाघोडी तालको बाँध पुनः निर्माण तथा प्रवेश पार्क गुणस्तरीय बन्न नसकेको उनको भनाई छ ।

विभिन्न ठाउँमा चिरा परेको र भत्किएको स्थानीयले बताएका छन् । निर्माणका क्रममै गडबड गरिएको स्थानीयले शङ्का गरेका छन् । पर्यटन विभाग र घोडाघोडी नगरपालिकाको साझेदारी सहयोगमा निर्माणाधीन उक्त निर्माण कार्य भइरहेको छ । तर उक्त निर्माण कार्य रोकिएको लामो समय बितिसक्दा समेत काम पुनः सुरु भएको छैन ।

बिज्ञापन

गत भदौमा घोडाघोडी नगरपालिकाले बाँध पुनः निर्माण तथा प्रवेश पार्क निर्माणका लागि ठेक्का प्रक्रियाबाट श्रीदेव सिंह, अन्जु जे.बी. निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिएको थियो । एक करोड ९२ लाख ८४ हजार ९८८ रुपियाँमा ठेक्का सम्झौता भएको सो निर्माण कम्पनीले सम्झौता भए लगतै भदौ महिनादेखि काम सुरु गरेको थियो । निर्माणको विषयमा बुझ्न खोज्दा निर्माण कम्पनीका सञ्चालक नन्दसिंह जोरा मोबाइल अफ गरेर सम्पर्क विहीन भएका छन् ।

बिज्ञापन

घोडाघोडी नगरपालिकाका योजना शाखाका प्रमुख सन्तोष चन्दले विभिन्न ठाउँमा चिरा परेको र भत्किएको उनले स्वकार गरेका छन् । के कारणले त्यस्तो हुन गएको भन्ने बारेमा चाडै अनुगमन हुने उनले बताए । निर्माण कम्पनीले गल्ती गरेको पाएमा पुनः निर्माण गर्न लगाइने उनले बताएका छन् । नगरपालिकाले छुटाएको रकम निर्माण कम्पनीले लगिसकेको बताउँदै सङ्घबाट आउने रकम नआएपछि निर्माण कार्य रोकिएको उनको भनाई छ ।

नगरपालिकाबाट खर्च गरिने ८६ लाख रकम निर्माण कम्पनीले लगिसकेको छ र बाँकी एक करोड  १५ लाख सङ्घबाट आउने रकम नआएकाले काम रोकिएको योजना शाखाका प्रमुख सन्तोष चन्दले बताए । अघिल्लो सरकारले छुटाएको रकम सरकार परिवर्तन भएपछि रोकिएको उनको भनाइ छ ।

तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0