कम्पनी दर्ता नं. :- २६६९५६/०७८/०७९
डाइमण्ड इन्फोटेक एण्ड इन्स्टिच्युट प्रा. लि. द्वारा संचालित
सूचना विभाग दर्ता नं. २९२१/२०७८/७९

निर्वाचन आयोगले भन्यो: ‘यो समयमा उपस्थित नहुने उम्मेदवारलाई आयोगले चिन्दैन’

लम्की : निर्वाचन आयोगले यही वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनको लागी उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । आयोगले निर्वाचनमा भाग लिन चाहने उम्मेदवारले यही वैशाख ११ र १२ गते  उम्मेदवारी दर्ता गर्ने समय तोकेको हो । 

बिज्ञापन

निर्वाचन आयोगले १२ गते साँझ ५ बजे भित्र निर्वाचन आयोगको कार्यालय परिसर भित्र प्रवेश गरी नसक्ने उम्मेदवारको उम्मेदवारी दर्ता नहुने समेत स्पष्ट पारेको छ । 

कैलाली जिल्ला अदालतका मुख्य न्यायाधीश एवम् कैलालीका प्रमुख निर्वाचन अधिकृत  जयानन्द पनेरुले ३० गते हुने निर्वाचनमा उम्मेदवारी दिन चाहने उम्मेदवारले समयभित्र आफ्नो उम्मेदवारी दर्ता गर्न आग्रह गरेका छन् । पनेरुले समय भित्र निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित नहुने उम्मेदवारको उम्मेदवारी दर्ता गर्न नसकिने समेत स्पष्ट पारेका छन् ।

बिज्ञापन
No data was found

”निर्वाचन आयोगले ११ र १२ गते उम्मेदवारी दर्ता गर्ने समय तोकेको छ । सोही अनुरूप १२ गते साँझ ५ बजे सम्म कार्यालय परिसर भित्र प्रवेश गरी सक्ने व्यक्तिहरूको मात्रै उम्मेदवारी दर्ता हुन्छ । अन्यथा त्यस पछि आउने लाई कार्यालय भित्र प्रवेश समेत गर्न दिइने छैन । यसमा कार्यालय परिसर भित्र समयमा आई सक्ने उम्मेदवारको उम्मेदवारी दर्ता गर्न प्रशासनिक समय जति लागे पनि हामी गर्छौँ । तर पाँच बजे भित्र भने उपस्थित भई सक्नुपर्‍यो ।” उनले भने । 

बिज्ञापन
No data was found
तपाईलाई यो पढेर कस्तो लाग्यो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0